अर्थमन्त्री खतिवडादरा खाँदबारी करदाता सेवा कार्यालययको उद्घाटन




सङ्खुवासभा, कातिक १८ गते । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करदाता सेवा कार्यालय खाँदबारीको उद्घाटन गर्नुभएको छ । आज जहाजबाट खाँदबारी आईपुग्नुभएको मन्त्री खतिवडाले एक बृहद कार्यक्रमको विच कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटनपछि बोल्नुहुँदै मन्त्री खतिवडाले जति सक्दो चाँडै करलाई ब्यवस्थीत गर्ने बताउनुभयो । पछिल्लो समय करको बारेमा नकरात्मक हल्ला फैलिएको बताउनुहुँदै विश्वका सवै राष्ट करबाटै राज्य सञ्चालन हुने गरेको बताउनुभयो । धेरै जनामा दोहोरो करको बारेमा दुविधा रहेकोले अव सम्बन्धीत निकायहरुले थप स्पष्ट पार्नु पर्ने समेत उहाँले बताउनुभयो ।

करदाता सेवा कार्यालयको उद्घाटन पछि अहिले मन्त्री खतिवडा जिल्लाका कार्यालय प्रमुखहरुसँग जिल्ला प्रसासन कार्यालयमा छलफलमा ब्यस्तु हुनुहुन्छ । भोली विहान अरुण तेश्रोको प्रगति बिवरणको बारेमा अरुण तेश्रोका पदाधीकारीहरुसँग छलफल, अन्तरपार्टीका नेताहरुसँग भेटघाट गर्नुहुनेछ । उक्त कार्यक्रम लगत्तै पत्रकार सम्मेलन गरि विहान १०ः३० बजे काठ्माण्डौ फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचार