सङ्खुवासभामा रातको दश बजेसम्म मात्र देउसी खेल्न पाईने



सङ्खुवासभा, कातिक २१ गते । सङ्खुवासभामा राती १० बजे सम्म मात्र देउसी खेल्न पाउने भएको छ । जिल्ला प्रसासन कार्यालयले सुचना जारी गरि राती १० बजेदेखि देउसी खोल्न रोक लगाएको हो ।

उक्त समयभन्दा उताको समयमा देउसी खेले शान्ती सुरक्षामा खलल पुग्ने भएको भन्दै रातभरी देउसी खेल्न निषेध गरेको हो । तोकिएको समयभन्दा उप्रान्त देउसी खेले वा हुलहुज्जत गरे कानुन बमोजिम कारबाही गरिने जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।

त्यस्तै चार्डबाडको नाममा तास जुवा एवं लंगुरबुर्जा खेल्ने खेलाउने, मादक पदार्थ सेवन गरि हो हल्ला गर्ने लगायतका कार्य नगर्न अनुरोध गरेको छ । देउसी भैलोको नाममा जबरजस्ती चन्दा उठाउने कार्य समेत नगर्न प्रसासन कार्यालयले अनुरोध गरेको छ । त्यस्तै भुईचम्पा, पटका र आतसबाजी जस्ता प्रज्वलनशिल पदार्थहरु प्रयोग नर्गन पनि अनुरोध गरेको छ । त्यस्ता कार्यहरु गरेपनि कानुन बमोजिम कारबाही हुने बताईएको छ ।

सम्बन्धित समाचार