महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा कवि गोष्ठि



ब्यानर फोटो नागरिक चासो डट कमबाट साभार ।

सङ्खुवासभा, कातिक २१ गते । महाकवि देवकोटाको १ सय १० औं जन्मजयन्तीको अवसरमा मकालु साहित्यक समाज संखुवासभाले कवि गोष्ठि कार्यक्रमको आयोजना गरेको छ । समाजले खाँदबारी १ देवकोटा चोकमा गोष्ठिको आयोजना गरेको हो ।

गोष्ठिमा प्रदेश एकका दर्जन बढी कवि तथा साहित्यकारहरुले साहित्य सृजना वाचन गरेका छन् । कार्यक्रममा सङ्खुवासभाका दुई कलाकारहरुलाई सम्मान समेत गरिएको छ । लामो समयदेखि संगितको क्षेत्रबाट सङ्खुवासभालाई चिनाउदै आएको कलाकारहरु कमलीकान्त भेटुवाल र उमाङ लामालाई सम्मान गरिएको हो । कलाकारहरुले गीत संगीतको माध्ययमबाट सङ्खुवासभालाई विश्वभरि चिनाएकोले उनीहरुलाई सम्मान गरिएको समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा हिमालय माध्यमिक विद्यालय खाँदबारीका विद्यार्थीहरुले देउसी नाच समेत प्रस्तुत गरेका थिए । विभिन्न जातजातीको भेषभुषमा सजिएका कलाकारहरुले प्रस्तुत गरको देउसी भैलो पनि कार्यक्रमको आकर्षणको रुपमा रहेको थियो ।

सम्बन्धित समाचार