खाँदबारीमा जनसेवा पुस्तकालय सञ्चालनमा



पुस्तकालयका अध्यक्ष बुढाथोकी सहित प्रतिनिधी सभा सदस्य राजेन्द्र गौतम, जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य । तस्विर सौजन्यः सुजन बज्राचार्य ।

खाँदबारी, कातिक ३० गते । संखुवासभा सदरमुकाम खाँदबारीको पोखरी बजारमा आज जनसेवा सार्वजनिक पुस्तकालयको उद्घाटन गरिएको छ । खाँदबारी १ भानुचोकमा स्थापना गरिएको पुस्तकालय आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।

प्रतिनिधी सभाका सदस्य एवं संघिय सांसद राजेन्द्र गौतमको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना गरि पुस्तकालयको उद्घाटन गरिएको हो । पुस्तकालय शिक्षा मन्त्रालय पुस्तकालय शाखाबाट प्राप्त भएको अनुदान तीन लाख रुपैयाँ नगद अनुदानमा खाँदबारी सेवा समाज काठ्माण्डौको विशेष सक्रियतामा स्थापना गरिएको पुस्तकालयका अध्यक्ष ताराबहादुर बढाथोकीले जानकारी दिनुभयो ।

पुस्तकालयमा साहित्य, धार्मीक, स्वास्थ्य, सुरक्षा, लोकसेवा लगायत पाँच सय भन्दा बढी पुस्तकहरु उपलब्ध छन् ।

सम्बन्धित समाचार