सिङ्गापुरसंग परायजपछि शृङ्खला खतिवडाले यसो भनिन् (भिडियो सहित)



यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा नेपाल आमाकी छोरी श्रृंखला खतिवडा अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी भइरहेकी छिन् । ‘हेड टु हेड’ को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी छिन् । शृङ्खलाले आफू हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा सफल हुन नसकेकोमा अरु कसैलाई दोष नदिन आग्रह गरेकी छन् ।

अहिले चीनको सान्यामा रहेकी शृङ्खलाले आफ्नो इनस्टाग्राममा भिडियो सन्देश जारी गर्दै मिस सिंगापुरले योग्य भएर नै जितेकाले नेपालले जित्नु पर्थ्यो भनेर वा मिस सिंगापुरलाई गाली गर्ने तरिकाले कमेन्ट नगर्न आग्रह गरेकी हुन् । भोटतर्फ शीर्ष २० मा पुगेकी शृङ्खलालाई समग्रहमा शीर्ष ३० मा पुग्नका लागि हेड–टू–हेड च्यालेन्ज जित्नु पर्ने थियो ।

तर त्यसमा मिस सिंगापुर भेनिसा पेहसँग पछि परेकी हुन् । शृङ्खलाले यो च्यालेन्ज जितेर नेपालका लागि केही भए पनि गर्व गर्ने र आफ्ना समर्थक तथा शुभचिन्तकलाई उत्साह दिने मन भए पनि नसकेकोमा माफी मागेकी छन् । उनले अझै सम्भावना बाँकी रहेको र टप ३० मा पुग्ने आश बाँकी भएको पनि उल्लेख गरेकी छन् ।

उनी मिस वर्ल्ड २०१८ मा मिस सिंगापुरसँग पराजित भएकी हुन् ।दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् । उनी अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला खतिवडा अन्तिम ३० मा पर्ने सम्भावना भने कायमै छ ।
हेरौ भिडियो ।

https://www.youtube.com/watch?v=CyFLZx6vm8g&feature=youtu.be

सम्बन्धित समाचार