मेघराज तामाङको नेतृत्वमा संखुवासभा तामाङ पत्रकार संघ गठन




संखुवासभा, मंसिर १६ गते । तामाङ पत्रकार संघ संखुवासभाको प्रथम जिल्ला अधिवेशनले मेघराज तामाङलाई अध्यक्षमा चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले मेघराजको अध्यक्षतामा १५ सदस्यीय समिति समेत चयन गरेको छ । सचिवमा अमिस तामाङ र कोषाध्यक्षमा डोल्मा तामाङ चयन भएका छन् ।

जिल्ला समन्व समिति प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश नं। १ तामाङ पत्रकार संघका अध्यक्ष सन्तविर लामा, नेपाल आदिबासी जनजाति महासंघ संखुवासभाका पूर्व अध्यक्ष कृष्ण बहादुर तामाङ, नेपाल तामाङ घेदुङ संखुवासभाका अध्यक्ष गणेश स्याङ्बो, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि शाक्यले पत्रकार समाजको ऐना भएकाले तामाङ पत्रकार संघ अधिवेशनले संखुवासभाको पत्रकारितामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । सन्तविर लामाले तामाङ पत्रकार अब पहिचानको खोजीमा लाग्नु पर्ने बताए । विभिन्न किसिमका धर्म प्रचार र तामाङ समुदायमा शिक्षाको कमीका कारण धर्म परिवर्तन गराईरहेकाले तामाङ जातिको संस्कार, संस्कृति र पहिचान गुम्दै गएकोमा दुख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार