चिचिला गाउँपालिकामा सञ्चालित स्वस्थ्य शिविरवाट १ हजार वढि लाभान्वित



 

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाका पाँच वटै वडामा सञ्चालित शिविरमा स्थानिय चार सय ९३ जना र आठ विद्यालयका ९ सय जनाको चेकचाँज गरिएको हो । चेकजाँचको क्रममा ३० जनाको मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने भएको छ भने १२ जनाको कानको जालीमा प्वाल परेको पाइएको तेजरत्न आखाँ तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिए । शिविरमा तीन सय जनालाई निशुल्क चश्मा वितरण गरिएको छ भने ३५ जना विद्यार्थीहरुलाई पनि निशुल्क चश्मा प्रदान गरिएको इन्चार्ज बरालले बताए ।

गाउँगाउँमा आखाँका बिरामि बढिरहेको पाइएको बरालले बताए । चिचिला गाउँपालिका सदमुकाम खाँदबारीबाट नजिकको गाउँपालिका पनि हो । सदरमुकाम नजिककै ठाउँहरुमा आखाँका बिरामि बढ्नु दुखद भएको भन्दै बरालले चिन्ता व्यतm गरे ।

आखाँमा समस्या हुुदाँ हुदै पनि स्थानियहरु अस्पताल नजाने गरेको उनको भनाई छ । अस्पताल पुगेको बेला आफ्नो आखाँको एकपटक जाँच गर्न समेत बरारले आग्रह गरे । यता चिचिला गाउँपालिका अध्यक्ष पासाङ शेर्पाले यसरी गाउँगाउँमा नै सेवा दिदा आफुलाई पनि खुसि लागेको बताए ।

गाउँगाउँबाटै सेवा दिँदा नागरिकहरुले गाउँमै सरकार आएको अनुभूति गर्ने भएकोले शिविर सञ्चालन गरिएको शेर्पाको भनाई छ  ।

सम्बन्धित समाचार