बृद्धाश्रममै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण




सोलुखुम्बु, मंसिर १७ गते । महाकुलुङ गाउँपालिका वडा नम्बर २ ले वृद्ध आश्रम मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोमबार महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष बिपना कुलुङको समेत उपस्थितिमा ८६ बर्षिय सितामनी कुलुङलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

महाकुलुङ गाउँपालिका वडा नम्बर १ मा स्थापित बृद्धाश्रममा  वडा नं २ घर भई हाल आश्रममा बस्दै आउनुभएकी बृद्धालाई सुरक्षा भत्ता वितरण गरेको हो । भत्ता वितरण गर्न गाउँपालिका उपाध्यक्ष कुलुङ सहित वडाअध्यक्ष प्रदिप कुलुङ, वडा सदस्य प्रेम कुलुङ र वडा सचीव हरि प्रसाद आचार्य बृद्धाश्रम पुगेका थिए ।

बृद्धाश्रममा हाल तीन जना बस्दै आउनुभएकोमा अन्य दुई जना भने वडा नम्बर १ र ३ का छन् । आश्रमका बृद्धाहरुलाई केही खाद्य बस्तुहरु पनि वितरण गरिएको वडाध्यप प्रदिप कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार