नेकपाले टुंग्यायो प्रदेश कमिटीको नाम, संखुवासभाबाट प्रदेश सदस्यमा पर्ने को को हुन् ?



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेको छ । मंसिर १२ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो ।

तर नाम भने आज मात्र सार्वजनिक भएको हो । संखुवासभाबाट प्रदेश एकका लागि प्रदेश सदस्यहरुमा हेमराज घिमिरे, मुरारी प्रसाद खतिवडा र मुना श्रेष्ठलाई चयन गरिएको छ । उनीहरु साविक नेकपा एमालेका नेताहरु हुन् ।

त्यस्तै साविक माओवादी केन्द्रबाट रिपुप्रसाद राई, कृष्ण जिमी, ईन्दिरा मिश्र, थानप्रसाद अधिकारी (भविन्द्र) र टेकमान राईलाई प्रदेश सदस्यमा छनौट गरिएको छ ।

सम्बन्धित समाचार