संखुवासभाबाट अख्तियारमा ४६ उजुरी दर्ता



संखुवासभा, मंसिर १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा संखुवासभाबाट ४६ ओटा उजुरी दर्ता भएको छ । आयोगको कार्यालय इटहरीले मंगलबार खाँदबारीमा गरेको भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा प्रतिवेदन मार्फत सार्वजनिक गरिएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा आयोगमा ४६ उजुरी दर्ता भएको हो । जसमा गत आवको १७ ओटा जिम्मेवारी सरी आएको र २९ ओटा नयाँ दर्ता भएको आयोगले जनाएको हो । ४६ उजुरी मध्ये २१ ओटा फच्र्यौट भएको र २५ ओटा उजुरी फच्र्यौट गर्न बाँकी रहेको जनाएको हो । जसमा मन्त्रालयगत उजुरी अन्तर्गत संघीय मामिला १५, शिक्षा ८, भुमिसुधार १, स्वास्थ्य १, वन ३ र भौतिकमा १ ओटा नयाँ उजुरी दर्ता भएको हो । हालसम्म संखुवासभाबाट १ सय ७४ उजुरी परेको र १ सय ४९ ओटा फच्र्यौट भएको छ भने २५ उजुरी फच्र्यौट गर्न बाँकी रहेको आयोगले जनाएको छ ।

आव २०७४/०७५ मा विभिन्न जिल्लाबाट आयोगमा परेको १२ सय ९६ उजुरी मध्ये ७ सय ३६ उजुरी फच्र्यौट भएको र ५ सय ६० उजुरी फच्र्यौट गर्न बाँकी रहेको आयोगले जनाएको छ । कार्यक्रममा अख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख महेश आचार्यले विगत वर्षमा शिक्षाका क्षेत्रमा बढी उजुरी परे पनि हाल स्थानीय तहका उजुरी बढेको बताए । प्रमुख आचार्यका अनुसार स्थानीय तहका भौतिक निर्माण, नदी जन्य पदार्थ उत्खनन्, साधन, सामाग्री खरिद सम्बन्धिका उजुरी पर्ने गरेको छ । कार्यक्रममा आयोगका प्रमुख, प्रवक्ता, सहसचिव लगायत जिल्लाका सबै वडाका वडाअध्यक्षको उपस्थिति रहेको थियो ।

नागरिक चासोबाट

सम्बन्धित समाचार