पुर्व स्वास्थ्य राज्यमन्त्री गुरुङबाट ‘बृहद स्टेचर अभियान’ सुरु




काठ्माण्डौ । संखुवासभा स्थीत सिलिचोङ गाउँपालिकाको सहजिकरणको लागि काठ्माण्डौमा स्थापना गरिएको सिलिचोङ समन्वय समिति काठ्माण्डौले ‘बृहद स्टेचर अभियान’ सञ्चालन गर्ने भएको छ । आर्थिक सहयोग संकलन गरेर दुर्गम भुगोलमा रहेको सिलिचोङवासीहरुलाई स्टेचर उपलब्ध गराउने उदेश्यका साथ अभियान सुरु गरिएको हो ।

अभियानको लागि पुर्व स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले नगद सहयोग गरेर अभियानको थालनी गरिएको हो । उहाँले नगद दश हजार एक सय १५ रुपैयाँ रकम सहयोग गरेर अभियानको सुरुवात गरिएको छ । त्यस्तै सिलिचोङ गाउँपालिका ४ स्थायी ठेगाना भई हाल सशस्त्र प्रहरी बलमा कार्यरत कृष्ण राईले पनि दुई हजार पाँच रुपैयाँ सहयोग गर्नुभएको समन्वय समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिनुभयो ।
अन्य दाताहरुबाट पनि आर्थिक सहयोग संकलन गरेर एक सय भन्दा बढी स्टेचर दुरदराजका गाउँमा वितरण गरिने अध्यक्ष कुलुङले बताउनुभयो । संकलित भएको रकम अत्यन्तै पारदर्शी बनाएर खर्च नरिने समेत कुलुङले विश्वास ब्यक्त गर्नुभयो ।

गाउँपालिका प्रमुख रामबहादुर कुलुङ काठ्माण्डौ रहनुभएको बेलामा काठ्माण्डौमा बस्दै आएका सिलिचोङवासी र सरोकारवालाहरुको भेलाबाट अभियान सुरु गरिएको हो । बैठकलाई सम्बोधन गर्नुहुँदै पुर्व स्वास्थ्य राज्यमन्त्री गुरुङले सिलिचोङ समन्वय समितिले सुरु गरेको अभियानको सराहना गर्नुभयो । दुर्गम गाउँमा सडक सञ्जाल पुग्न अझै समय लाग्ने भएकोले हाललाई स्टेचरको विकल्प नरहेको उहाँको भनाई छ । सिलिचोङ गाउँपालिका भौगोलिक हिसावले अत्यन्तै दुर्गम रहेकोले राज्यको ध्यान पुग्नुपर्ने विचार ब्यक्त गर्दै अन्य सहयोगिहरुलाई पनि यस अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

बैठकमा गाउँपालिका प्रमुख रामबहादुर कुलुङले सहयोगी सवैलाई धन्यवाद ब्यक्त गर्दै आफुहरुले सिलिचोङवासीको स्वास्थ्लाई मध्यनगर गर्दै यस क्षेत्रमा पर्याप्त बजेट छुटाएको बताउनुभयो । यसै बर्षदेखि ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति सहित एक्सरे र भिडियो एक्सरेको पनि सेवा सुरु हुने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार