भोजपुरको जाल्पादेवी माविमा सवा दुई लाखको अक्ष्य कोष



भोजपुर । भोजपुरको भोजपुर नगरपालिका १० भैसिपंखामा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा दुई लाख २५ हजारको अक्षय कोष स्थापना भएको छ । डा. भक्त राईको पहलमा हंकङ्गबासी नेपाली दाजुभाई तथा दिदिबहिनीले दुई लाख २५ हजारको अक्षय कोष स्थापना भएको हो ।

अक्षय कोष स्थापना गरि जाल्पादेवि माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका जेहेन्दार छात्र तथा छात्रा, गरिव तथा विपन्न वर्गका एक जना र दलित समुदायका एक जना विद्यार्थीलाई उक्त अक्षयकोषबाट आएको वार्षिक व्याजको रकम मार्फत् छात्रवृति प्रदान गर्ने निर्णय भएको विद्यालयका प्रधानध्यापक बम बहादुर कार्कीले जानकारी दिनुभयो । भोजपुर नगरपालिका १० भैसिपंखामा रहेको जाल्पादेवी माध्यमिक विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृपाराम राईको अध्यक्षतामा भएको वैठकले यस्तो निर्णय गरेको हो ।

डा. राईले यस विद्यालयमा अध्यानतरत विद्यार्थीलाई सहयोग पग्ने भन्दै अक्षयकोषको लागि आफु लागि परेको बताउनुभयो । उहाँले अक्षय कोषलाई बढाएर पाच लाख सम्म पु¥याउने आश्वासान समेत दिनुभएको छ ।

सम्बन्धित समाचार