शिक्षामन्त्री पोखरेल संखुवासभा आउनुहुँदै




संघिय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल आज संखुवासभा आउदै हुनुहुन्छ । साहित्यकार नितु चापागाईले लेख्नुभएको सवार्थ योगबाणी र प्रगतिशिल कवि योगमाय नामको पुस्तक विमोचनको लागि उहाँ आज संखुवासभा आउन लाग्नुभएको हो ।

उहाँ आज विहान १० बजेर ४५ मिनेटमा जहाज मार्फत तुम्लिंटार हुदै खाँदबारी आउने कार्यक्रम छ । उहाँ तुम्लिंटारमा ओलिएसँग खाँदबारी स्थीत हिमालय किरण क्याम्पसमा आयोजना गरिने कार्यक्रम स्थलमा आउनुहुनेछ । मन्त्री पोखरेलको उपस्थीतिमा पुस्तक विमोचनसँगै स्थापना हुन लागेको योगमाया आयुर्वेद विश्वविद्यालयको बारेमा बृहद छलफल कार्यक्रम पनि राखिएको छ ।

कार्यक्रममा पुर्व शिक्षामन्त्री डिआर पौडेल लगायत योगमायाको अध्ययनकर्ता तथा विज्ञहरुको समुहहरु पनि सहभागिता रहने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो । मन्त्री पौडेलको टोली भोली जहाजबाट काठ्माण्डौ फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचार