इटहरीमा बिस्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु



सुनसरी । सुनसरीको इटहरी उप महानगरपालिका ४ मा बिहीबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु भएको छ । साँझ पौने ८ बजेको समयमा सोही स्थान बस्ने संजिब चौलागाईको छोरी श्रुती चौलागाई बिस्कुट खाने क्रममा घाँटीमा अड्किएको थियो । घाँटीमा बिष्कुट अड्किए पछि बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित समाचार