आज मिस वर्ल्डको फाइनल, के जित्ला त श्रृंखलाले ?



काठमाडौं । मिस वर्ल्ड प्रतिस्पर्धा आज साँझ फाइनल हुँदैछ । चीनको सान्या शहरमा विगत एकमहिनादेखि जारी प्रतिस्पर्धाको फाइनल नेपाली समयअनुसार आज साँझ पौने पाँच बजे हुनेछ । मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा पनि उत्कृष्ट ३० भित्र परेकाले पनि नेपालीले स्पर्धालाई एकदमै चासोका साथ हेरिरहेका छन् ।

श्रृंखलालो यसअघि नै ब्युटी विथ पर्पोज र मल्टिमिडिया अवार्ड हात पारिसकेकी छिन् । मिस नेपाल वर्ल्ड श्रृंखलालाई हौसला तथा ढाडस दिन नेपालबाट उनका बुवाआमासहित ३० जनाभन्दा बढीको टोली चीन गएका छन् । १ सय २१ देशका सुन्दरीको सहभागिता भएको प्रतिस्पर्धामा श्रृंखला अन्तिम ३० भित्र परेकी छिन् । अन्तिम ३० बाट अब अन्तिम १५ र अन्तिम ५ हुँदै मिस वर्ल्ड चुनिने छ ।

सम्बन्धित समाचार