पसल भित्र स्करपिओ छिर्दा तीन घाइते



जनकपुर । जनकपुरधामस्थित रामचोकमा शुक्रबार मध्यराति सवारी दुर्घटना भएको छ । तीव्र गतिमा आइरहेको भारतीय नम्बरप्लेटको स्करपियो अनियन्त्रित भई रामचोकमा रहेको दुईटा पसल बीच छिरेपछि तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मुरलीचोकबाट शिवचोक जाँदै गरेको बिआर ०६ पिडि ६८७९ नम्बरको स्करपियो अनियन्त्रित भई पसलभित्र छिरेको हो । तीव्र गतिमा गुडेको गाडी अचानक पसलमा छिरेको पसलका सञ्चालक चन्द्रभानु साहले बताउनु भयो । पसलहरु पूर्णरुपले क्षतिग्रस्त भएको छ ।

घाइते हुनेहरुमा स्करपियोमा सवार जनकपुरधाम उपमहानगरपालिका–१३ का १९ वर्षीय नागेन्द्र राउत र दीपक राउत छन् । एकजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवैको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार