योगमाया आयुर्वेद विश्वविद्यालयको नितिगत काम तिब्र गतिमा




खाँदबारी । शिक्षा मन्त्री गिरीराजमणी पोखरलले योगमाया आयुर्वेद विश्व विद्यालयको नितिगत कार्य तिब्र गतिमा भईरहेको बताउनुभएको छ । आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

यस बर्ष योगमाया आयुर्वेद विश्वविद्यालयको नाममा १० करोड रुपैयाँ विनियोजन गरेर अहिले विधेयक बनेको उहाँले बताउनुभयो । उक्त विधेयकको ड्राफ्ट कानुन मन्त्रालयमा रहेको र त्यहाँबाट फर्केपछि संघिय संसदमा लगिने उहाँले बताउनुभयो । त्यसपछि मात्र विश्वविद्यालय कहाँ स्थापना हुने भन्ने टुंगो लाग्ने उहाँले स्पष्ट पार्नुभयो ।

आयुर्वेद विश्व विद्यालय स्थापना हुने भएपछि विभिन्न क्षेत्रका सरोकारवालाहरुले आफ्नो क्षेत्रमा बन्नु पर्ने माग गर्दै आएको मन्त्री पोखरेलले जानकारी दिनुभयो । आफ्नो प्रदेश भित्र विश्वविद्यालय बनाउनु पर्ने माग प्रदेश स्तरका मन्त्रीहरुबाट पनि आईरहेको उहाँले जानकारी दिनुभयो । तर विधेयक पारित नभएरको र छलफलकै क्रममा रहेकोले स्थान यकिन गर्न नसक्ने वताउनुभयो । यद्धपी, हिमाल पहाड र तराईलाई समेट्ने गरि स्थापना हुनु पर्नेमा उहाँको जोड रहेको बताउनुभयो ।

निनु चापागाईले लेख्नुभएको सर्वार्थ योगबाणी र प्रगतिशिल कवि योगमाया नामको पुस्तक विमोचन गर्न हिजो उहाँ संखुवासभा आउनुभएको थियो ।

सम्बन्धित समाचार