‘यी खानेकुराले निम्त्याउँछ, पुरुषमा बाँझोपन’



काठमाडौं। मानिसले खाने विभिन्न खानाका परिकारले मानव जीवनमा विभिन्न समस्या निम्त्याउँने गरेको छ । पुरुष–महिला अथवा बालबालिकाले खाने परिकारका कुरा गर्ने हो भने पनि शरीरलाई दिर्धकालीन रूपमा असर गर्ने खानेकुरा खाइरहेको डाक्टर बताउँछन् । पछिल्लो समय यस्तै खानेकुराले पुरुषमा बाँझोपन पनि बढाएको छ । बाँझोपन बढ्नुमा अस्वस्थकर खानपान, धूमपान, मद्यपान आदि कुराको सेवनले पनि बाँझोपनको समस्या बढ्ने गरेको हो ।
(यस्ता कुराले निम्त्याउँछ बाँझोपन

१.औषधी प्रयोग गरिएका खानेकुरा
सकेसम्म किटानाशक औषधी प्रयोग गरेको खानेकुरा खानबाट बच्नु पर्छ । कीटनाशक औषधीको प्रयोग गरी तयार पारिएको फलफुल तथा तरकारीले स्पर्म काउन्ट कम गरिदिन्छ । यसमा प्रोसेस्ड मिट, स्याउ, स्ट्रबेरी, अंगूर, गोलभेँडा, पालुङ्गो, काँक्रो इत्यादि पर्दछन् । कीटनाशक तथा हर्मोन्सको असर यी कुराहरूमा धेरै पर्दछ । त्यसैले यस्ता खानेकुरा प्रयोग गर्नुपूर्व खानपानमा विशेष ध्यान दिन जरुरी छ ।

२.फ्याटयुक्त दुग्धजन्य पदार्थ
फ्याटले भरिपूर्ण दूध, चीजजस्ता दुग्धजन्य पदार्थले स्पर्मको प्रभावकारितामा असर पार्ने गर्छ । दैनिक फुल फ्याट दूध पिउनाले पनि स्पर्म काउन्टमा कमी हुनसक्छ ।

३.चिनीयुक्त पदार्थ
कोक, फ्यान्टा, स्प्राइट, सोडाजस्ता चिनीयुक्त पेय पदार्थ तथा कार्बोहाइड्रेटले पनि शरीरमा असर पार्ने गर्छ । एक अनुसन्धानले जनाए अनुसार एक दिनमा एक पटक भन्दा बढी पटक सुगर तथा कार्बोहाइड्रेट ड्रिंक्स पिउँदा स्पर्मको गुणस्तरमा हास आउँछ ।

४.जंकफुड
जुन खानेकुरामा फ्याट तथा सुगरको मात्रा बढी हुन्छ, त्यस्ता खानाले पाचन प्रणाली, मुटु तथा प्रजनन कोशिकाहरूलाई हानि पुर्‍याउँछ । यस्ता खानाले पुरुषको स्पर्म काउन्ट ९शुक्रकीट०को विकासमा असर पुर्‍याउने गर्छ । यसमा स्टेराइड पनि सामेल हुन्छ । यसरी पुरुषहरूले शरीर बनाउने चक्करमा बाँझोपन निम्त्याउने गर्छन् ।

५.प्रोसेस्ड मासु
अधिकांश मानिसलाई मासु मन पर्छ । मासु खानु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर कुनै खादा सही मासुको छनोट गरी खानुपर्दछ । मासु अर्गा्निक छ भने त समस्या हुँदैन तर प्रोसेस्ड मिट खानु स्वास्थ्यका दृष्टिले त्यति फाइदाजनक मानिँदैन ।
त्यसमा पनि ह्यामवर्गर, हट डग, सलामी लगायतमा प्रयोग हुने प्रोसेस्ड मिटले स्पर्म काउन्ट झण्डै २३ प्रतिशतले कम गर्दछ । प्रोसेस्ड मिटले हर्मोनमा गडबडी गराउने हुँदा यसले प्रजनन प्रणालीमा हानी पु¥याउने गर्छ ।

६.चियाकफीको सेवन
चिया, कफी धेरै मन पर्ने मानिसहरूका लागि यस्ता बानी महँगो साबित हुनसक्छ । चिया, कफीजस्ता क्याफिनयुक्त पदार्थको सेवनले प्रजनन क्षमतामा असर पुर्‍याउँछ । चिया, कफी छोड्न नसकिए पनि यसको सेवन कमभन्दा कम गर्ने प्रयास गरौँ ।

सम्बन्धित समाचार