विद्यालय टाढा भएपछि सोलुखुम्बुमा विद्यालय छाड्न बाध्य



सल्लेरी । महाकुलुङ १ नाजिङका बालबालिकाहरु साक्षर बन्न धेरै समस्या रहेको पाईएको छ । नजिकमा विद्यालय नभएपछि १२ घर बसोबास रहेको नाजिङ गाउका बाालबालिकाहरु क, ख सिक्नको लागि समेत तीन घण्टाको समय खर्चिनु परेको छ भने विद्यालय टाढा भएकै कारण विद्यालय छाड्न समेत बाध्य छन् । विद्यालय पुग्न मात्र तीनघण्टा समय लाग्ने भएकोले समस्या भएको हो ।

नाजिङबाट दुई घण्टाको समयमा पर्ने चेरेममा विद्यालय भएपनि त्यहा घना जंगलको बाटो बढि जोखिम भएकोले तीन घण्टा लगाएर माप्यदुधकोशी गाउपालिका ४ को इँखु आधारभुत विद्यालयमा पढाउने गरेको ङवाङ नुरुशेर्पाले बताउनु भयो । नजिकमा विद्यालय नहुदा शिशुकक्षामा क, ख सिक्न समेत दैनिक आवतजावतमा ६ घण्टा समय खर्च हुने गरेकोले धेरैले विचै विद्यालय छाड्न बाध्य भएका छन–‘विद्यालय टाढा भएपछि यहाँका ५÷७ जनाले पढाई नै छाडेर घरै बसिरहेका छन् भने १७ जना बाबिालिकाहरु टाढाको विद्यालयमा पढ्न बाध्य छन् ।’

महाकुलुङ १ का वडासदस्य लाक्पा नाम्गेल शेर्पाका अनुसार अहिले आर्थिक रुपमा सम्पन्नले बाहिर गई नानीहरु पढाउने भएकोले धेरैजसो घर खाली छन् भने १२ घर मात्र नाजिङमा बसोबास गर्ने रहेका छन् ।

गाउमा विद्यालय नभएपछि नाजिङका बालबालिकाहरुलाई पढाईका लागि धेरै समस्या भएको हो । जंगलको विचमा गाउँ भएकोले वर्षातको समयमा जंगली जनावर र खोला तथा वाढी, झरी आदीको पनि उत्तिकै जोखिम रहेको वडासदस्य शेर्पाले बताउनु भयो ।

आफ्नो न्युज डटकमबाट

सम्बन्धित समाचार