खाँदबारीमा शहरी स्वास्थ्य केन्द्र उद्धघाटन



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ मा शहरी स्वास्थ्य केन्द्र उद्धघाटन भएको छ । मंगलबार एक कार्यक्रमका विच नगरप्रमुख मुरारी खतिवडाले उद्धघाटन गरेका छन् ।

खाँदबारी नगरपालिकाका ११ वडा मध्ये १० वटामा स्वास्थ्य सेवा संचालनमा आएका छन् । नगरले आगामी बर्ष सम्ममा सबै वडामा स्वास्थ्य सेवा स्थापना गर्ने नगर प्रमुखले बताउनुभयो । वडा नम्बर ८ मा आघामी बर्ष स्थापना हुने जनाइएको छ ।

वडा नम्बर ३ ,५,६,९ र १० वडाहरुमा स्वास्थ्य चौकि खुलि सकेको छन भने पछिल्लो चरणमा शहरी स्वास्थ्य केन्द्र वडा ४ नम्बरमा दुई वटा ११ र २ मा एक एक वटा स्थापना भएको छ । सोही कार्यक्रममा आयुरवेदिक गाँउ घर क्लिनिक समेत पन्ध्र–पन्ध्र दिनमा सेवा दिने नगरका स्वास्थ्य प्रमुख डा.अमूल्य दाहालले बताउनुभयो ।

सम्बन्धित समाचार