कांग्रेस हिन्दूराष्ट्रको पक्षमा आए राप्रपाले सहकार्य गर्ने



चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पक्षधरसँग आफूहरुले राजनीतिक सहकार्य गर्ने बताउनु भएको छ । अध्यक्ष थापाले नेपाली कांग्रेस हिन्दूराष्ट्रको पक्षमा आए उससँग पनि सहकार्य हुने उल्लेख गर्नुभयो ।

‘नेपाली कांग्रेसभित्र महामन्त्री डा शशांक कोइराला लगायतका अधिकाँश नेताहरू मुलुकमा हिन्दूराष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ’ उहाँले भन्नुभयो, ‘केही दिनमा कांग्रेसको महासमिति बैठक हुँदैछ । महासमितिले काँग्रेसलाई हिन्दूराष्ट्रको पक्षमा ल्याओस् । यदि त्यसो भयो भने हामी कांगे्रेससँग पनि राजनीतिक सहकार्य गछौं ।’

अध्यक्ष थापाले केही वर्ष यता मुलुकमा विभिन्न प्रलोभनमा १० लाखभन्दा बढीलाई धर्म परिवर्तन गराइएको समेत बताउनुभयो ।

सम्बन्धित समाचार