तीन करोड ३६ लाखका भोजपुरको सरकारी वकिल कार्यालय बन्दै



भोजपुर । पुर्वी पहाडी जिल्ला भोजपुरको सरकारी वकिल कार्यलयको नव निर्मीत भवन सिलन्यार गरिएको । भ्याट सहित कुल बजेट तीन करोड ३४ लाख ५२ हजार ६ सय २८ रुपैँयाा ६९ पैसाको भवन विहिवार एक कार्यक्रमका विच सिलन्यास् गरिएको छ । उक्त नव निर्मीत भवन उच्च सरकारी वकिल कार्यालय धन्कुटाका सहन्याधिवक्ता मनोज कुमार आचार्यले सिलन्यास गरेका हुन् । भवन कुन्सालिङ कन्ट्रक्सन प्रालि भोजपुरले ठेक्का पारी काम सुरु गरिसकेको छ ।

सरकारी वकिल कार्यालय भोजपुरको भवन २०७५ कक्तिक १९ गते सम्झौता भई २०७७ काक्तिक १८ गते अर्थात दुई वर्ष भित्र सकिसक्नु पर्ने छ । भवन निमार्णको ठेक्का पारेको कम्पनी कुन्सालिङ कन्ट्रक्सन प्रालिका प्रोपाइटर निर्मला शेर्पाले समयमा नै काम सम्पन्न गर्ने बताएकी छिन् । उक्त भवन तीन तले रहेको सरकारी वकिल कार्यलयका निमित्त जिल्ला न्याधिवक्ता प्रमोद भट्टराईले बताए ।

यस्तै भवन सिलन्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि उच्च सरकारी वकिल कार्यालय धन्कुटाका सहन्याधिवक्ता मनोज कुमार आचार्यले महा न्याधिबक्ता कार्यालयको दोस्रो पञ्च वर्षिय योजना अनुसार पाँच वर्ष भित्रमा सवै सरकारी वकिल कार्यालयका भवनहरु आफ्नै हुनु पर्ने लक्ष्य अनुरुप काम भैरहेको बताएका छन् । कतिपय ठाउमा भवन निर्माण भई रहेको र कतिपय ठाउँमा भवन सम्पन्न भएर उद्घाटन भै काम सुचारु भैसकेको अवस्था रहेको बताए ।

कार्य प्रगति अनुरुपको कार्यकक्ष सुुन्दर भवन भित्र बसेर काम गर्ने अवसर भएको र यसले सकरात्मक सोच पैदा गर्न सहयोग पुग्ने बताए । अब बन्ने भवन जिल्लाको सम्पती भएको हुँदा सवै सर्वपक्षियहरुले अनुगमन गरि मापडण्ड अनुरुप निमार्ण गराउन आग्रह समेत गरेका छन् । ठेक्का लिएको कम्पनीलाई समय अवधि भित्र सकेको खण्डमा पुरस्कृत गरिने समेत बताएका छन् । सरकारी वकिलको कार्यालय हासम्म भाडामा बस्दै आएको थियो ।

कार्यत्रममा वशिेष अतिथि भवन तथा आवास कार्यालय धनकुटाका डि. ई. निलम आचार्य, जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्का, जिल्ला अदालत भोजपुरका न्यायाधिस हरिषचन्द्र इङनाम, प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, डिएसपी केशव कुमार थेवे लगायत अन्य कार्यालयहरुको सहभागितामा उक्त भवनको सिलन्यास गरिएको हो ।

सेतो कलमबाट

सम्बन्धित समाचार