मोटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यू



खाँदबारी । सभाखोला प्रहरी चेक पोष्ट नजिकै मोटरसाईकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चैनपुरबाट तुम्लिङटार तिर आउने क्रममा मोटरसाईकलको पछाडीको सिटमा सवार खाँदबारी ८ का ३७ बर्षिय नहरी श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो ।

को २८ प २५३ नम्बरको मोटरसाईकल गंगा प्रसाद सुवेदीले चलाएका थिए ।सभाखोला प्रहरी चेक पोष्ट नजिकै सडक छेउमा पार्किङ गरिराखेको ट्याक्टरमा पछाडी सवार श्रेष्ठले बोकेको झोला अल्झिएपछि सडकमा खसेको थियो । श्रेष्ठको टाउकोमा गम्भीर चोट लाग्दा घटना स्थलमै उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्तकको शव खाँदबारी अस्पतालमा पोष्ट मार्टम गरि परिवारलाई जिम्मा दिईएको प्रहरीले जनाएको छ । ट्याक्टर र मोटरसाईकल सहित चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम सारुमगरले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार