पत्रकार महासंघ संखुवासभाको दशौं साधारण सभा सम्पन्न




संखुवासभा । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको दशौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार खाँदबारीमा शाखाका अध्यक्ष ईन्द्र गिरिको अध्यक्षता तथा जेष्ठ पत्रकार भोलानाथ गौलीको प्रमुख आतिथ्यतामा साधरणसभा सम्पन्न भएको हो ।

साधारणसभामा जिल्लाका कृयाशील पत्रकारहरुको उपस्थीति रहेको थियो । महासंघका सचिव अनिश बिष्टले संचालन गरेको कार्यक्रममा संघका कोषाध्यक्ष नवीन गुरुङ्गले आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाले आगामी पौष १० गते भित्र सदस्यहरुलाई आफ्ना सदस्यता नवीकरण गरिसक्ने गरि सुचना जारी गर्ने निर्णय पारित गरेको छ । त्यस्तै, महासंघको भवन निर्माणका लागि संघका उपाध्यक्ष गंगा बिष्टको संयोजकत्वमा ५ सदस्यीय जग्गा ब्यवस्थापन समति समेत गठन गरेको छ ।

समितिले खाँदबारी १० नया बजारदेखि बरुण क्याम्पस भित्रको जग्गा खोजी गरि आगामी दिनमा भवन निर्माण गर्न पहल गर्ने निर्णय पारित गरेको हो ।

सम्बन्धित समाचार