संखुवासभामा क्रसर उद्योग बन्द भएपछि गिट्टी र बालुवा अभाव, विकास निर्माणमा समस्या




संखुवासभा । गिट्टी र बालुवा अभाव हुँदा संखुवासभाको विकास निर्माण ठप्प भएको छ। जिल्लामा गिट्टी र बालुवा उत्खनन् बन्द भएपछि सडक, सरकारी भवन र भूकम्प पीडितका घर पुनर्निर्माणमा समस्या नभएको नेपाल निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए ।

सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षक गरे पनि बेवास्था गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन्। सभाखोलामा सञ्चालन भएको दुई वटा क्रसर उद्योग अवैध भएको भन्दै जिल्ला वन कार्यालयले चार महिनाअघि बन्द गरिएको छ। क्रसर उद्योग बन्द भएकाले विकास निर्माणका काम बन्द भएका छन् ।

निर्माणका लागि आवश्यक गिट्टी र बालुवाको दररेट सभाखोलालाई मानिएकाले सुनसरीबाट गिट्टी र बालुवा ल्याएर निर्माण गर्ने नसकिने अध्यक्ष श्रेष्ठले बताए। जिल्लाको महत्वपूर्ण कार्य भनेकै विकास निर्माण भएकाले यस विषयमा कार्यविधि बनाएर बन्द निर्माण कार्य तत्काल सहज बनाइने जिल्ला समन्वय समितिकी उउप्रमुख अम्बिका खवासले बताइन्। प्राकृतिक दोहनलाई जोगाएर विकास निर्माणको काम अघि बढाउन जिल्ला वन कार्यालय, स्थानीय तह, निर्माण व्यवसायी, उद्योग वाणिज्य संघलगायत सरोकारवाला निकाय राखेर चाँडै निकास निकाल्ने उपप्रमुख खवासको भनाइ छ ।

सभाखोलामा संचालित दुई क्रसर उद्योग मापदण्ड विपरित भएकाले सिलबन्दी गरिएको वन कार्यालयका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए। चैनपुर–सभाखोला सडक पिच गर्ने क्रममा सभाखोला किनारमा दुई क्रसर उद्योग स्थापना भएको हो। सो सडक आयोजना निर्माणको सकिएको वर्षो बितिसकेको छ। क्रसर उद्योग वन क्षेत्रदेखि दुई किलोमिटर टाढा मात्र स्थापना गर्न सकिने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए। सभाखोलामा सञ्चालित क्रसर उद्योग नियमविपरीत भएकाले बन्द गरिएको अधिकृत पराजुलीले प्रष्ट्याए। ती उद्योगले राजस्व समेत छली गर्ने गरेको पराजुलीको भनाइ छ।

थाहा खबरबाट

सम्बन्धित समाचार