संखुवासभाका किशोर गुरुङ नेपाली काँग्रेस महासमिति सदस्य मनोनित




संखुवासभा, २ पुस— संखुवासभा जिल्ला खाँदबारी नगरपालिका–४ सेकाहाका किशोरकुमार गुरुङ नेपाली काँग्रेसको महासमिति सदस्य मनोनित भएका छन ।

गएको मंसिर २७ गते नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा भएको केन्द्रिय समितिको बैठकले गुरुङलाई नेपाली काँग्रेसको महासमिति सदस्य मनोनित गरेको हो । गुरुङ तत्कालीन नेपाल लोकतान्त्रिक फोरम (विजय गच्छादार) पार्टीको संखुवासभा जिल्लाअध्यक्ष र केन्द्रिय सदस्य समेत रहेका थिए ।

स्थानीय निर्वाचन अगाडि नेपाल लोकतान्त्रिक फोरम (विजय गच्छादार) को पार्टी नेपाली काँग्रेसमा बिलय भएको थियो । फोरमका अध्यक्ष गच्छादारलाई नेपाली काँग्रेसको केन्द्रिय समितिमा उपसभापति पदमा मनोनित गरिसकेको छ । त्यसै क्रममा गच्छादारका कार्यकर्ताहरुलाई मनोनित गर्ने क्रममा गुरुङ महासमिति सदस्य पदमा मनोनित भएका हुन । महासमिति सदस्य पदमा मनोनित भएपछि झन आफूमा जिम्मेवारी बढेको र पार्टी प्रति कृयाशिल भएर काम गर्ने गुरुङले बताए ।

गुरुङ केही बर्ष अघि नेपाली काँग्रेसका जिल्ला सहसचिव पदमा निर्वाचीत भएका थिए । त्यसपछि फोरममा प्रवेशपछि पुनः काँग्रेसमा नै फर्किएका हुन ।

सम्बन्धित समाचार