संखुवासभामा चार करोड बजेट यसरी बाँडियो (बिवरण सहित)



संखुवासभा । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सञ्चलान हुने योजनाहरु छनौट भएका छन् । प्रतिनीधि सभा सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा हुने समितिले जिल्लाका सबै स्थानीय तहहरुलाई समेट्दै चार करोड रकम विनियोजन गरिएको हो ।

प्रतिनिधी सभा सदस्यको संयोजकत्वमा गठित योजना छनौट समितिमा जिल्लाका सवै सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सबै स्थानीय तहका प्रमुखहरु सदस्य रहने ब्यवस्था छ । संखुवासभाको समितिले हालै योजना छनौटको अन्तिम बिवरण सार्वजनिक गरेको हो । सो आयोजना र बजेट यस प्रकारका रहेका छन्ः

१) हटिया लुमुर्ची सिचाई आयोजना भोटखोला गाउँपालिका ३ – १० लाख
२) गोला लिङगम सडक निमार्ण भोटखोला गाउँपालिका ४ – १५ लाख
३) स्वास्थ्य चौकी भवन निमार्ण मकालु गाउँपालिका ४, कारमाराङ – २५ लाख
४) खर्सु–संखुवाखोला–फाँग्दाम सडक निमार्ण चिचिला ३ – १० लाख
५) मत्स्यपोखरी (पोखरी कम्पाउण्ड) वाल निमार्ण चिचिला गाउँपालिका ४ – १० लाख
६) माङ्तेवा याफु विद्युत विस्तार शिलिचोङ गाउँपालिका ४ र ५ – २३ लाख
७) बाह्रविसे स्वास्थ्य चौकी भवन निमार्ण सभापोखरी गाउँपालिका ३ – २५ लाख
८) स्वास्थ्य चौकी भवन निमार्ण खाँदबारी नगरपालिका १० – ५० लाख
९) महेन्द्र मावि कृषि भवन निमार्ण तथा खेल मैदान खाँदबारी नगरपालिका ३ – १५ लाख
१०) खाँदबारी भोटिया सेवा समाज भवन निमार्ण खाँदबारी नगरपालिका १ – १० लाख
११) बरुण बहुमुखी क्याम्पस भवन निमार्ण खाँदबारी नगरपालिका ८ – १० लाख
१२) जैशीगाउँ, फलाटे खानेपानी आयोजना चैनपुर नगरपालिका ७ – १० लाख
१३) मदन–आश्रीत (पुस्तकालय) भवन निमार्ण चैनपुर नगरपालिका ६ – ३० लाख
१४) श्री सरस्वती माध्यमिक विद्यालय (तल्लो) भवन निमार्ण चैनपुर नगरपालिका ६ – ५० लाख
१५) सारदा माध्यमिक विद्यालय भवन निमार्ण चैनपुर नगरपालिका ९ – २० लाख
१६) सङ्खुवासभा बहुमुखी क्याम्पस भवन मर्मत चैनपुर नगरपालिका ६ – १० लाख
१७) वाना प्राथमिक स्वास्थ्य केन्द्र भवन मर्मत तथा एम्बुलेन्स खरीद पाँचखपन नगरपालिका ६ – २० लाख
१८) श्री नारायण माध्यमिक विद्यालय भवन निमार्ण मादी नगरपालिका ४ – २५ लाख
१९) कृषि बजार केन्द्रको भवन निमार्ण धर्मदेवी ३ – १८ लाख
२०) बिहिबारे–भद्रकाली–चैलिखा सडक धर्मदेवी नगरपालिका ९ – १० लाख
२१) प्रशासनिक खर्च – ४ लाख

जम्मा ४,००,००,०००

सम्बन्धित समाचार