मांतेवाको तीन घरमा आगलागी, लाखौको क्षति



ताम्कु, सिलिचोङ गाउँपालिका ४ मांतेवामा तीन घरमा आगलागी हुँदा हुँदा लाखौ मुल्य बराबरको धनमाल क्षती भएको छ । आईतबार प्रताप कुमार राई, अमृत माया राई र आयोध कुमार राईको घरमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षती भएको हो ।

प्रताप राईको फुसको छानो भएको एक तले घर, नगद २५ हजार, आधा तोला सुन, अन्नपात लत्ता कपडा र एक वटा बंगुर जलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । त्यस्तै, छिमेकी अमृतमाया राईको खरको छानो भएको एक तले घर सहित नगद एक लाख रुपैयाँ, ६० तोला चाँदी, अन्नपात, लत्ताकपडा र १० वटा कुखुरा जलेर नष्ट भएको छ । नजिकै रहेको आयोध कुमार राईको फुसको छानो भएको एक घर सहित नगद १० हजार रुपैयाँ, एक तोला सुन, अन्नपात भाँडा वर्तन काठपात जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख श्याम सारु मगरले जानकारी दिनुभयो ।

अग्नी पिडितहरुको घरमा हालै भित्राएको अन्नपात सवै जलेको समेत बताउनुभयो । घटनाको बारेमा जानकारी पाउनासाथ ताम्कु प्रहरी चौकीबाट प्रहरी टोलि खटिएर आगो नियन्त्रणमा लिएको डिएस्पी मगरले बताउनुभयो ।

सम्बन्धित समाचार