काठ्माण्डौमा ‘चाक्चाकुर’ कार्यक्रमको तयारी पुरा




काठ्माण्डौ, पुष १४ गते । कुलुङ समुदायको प्रमुख पर्व मिनारी दाचाम चाक्चाकुरको अवसरमा पौष १५ गते काठ्माण्डौमा हुने शुभकामना आदान प्रदान तथा सांगितिक कार्यक्रमको तयारी पुरा भएको छ । धुमबाराही स्थीत एसआर क्याटेरिङमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकल नेपाल किराँत कुलुङ संघ उपत्यका कार्यसमितिले जनाएको हो ।

कार्यक्रमको मञ्च ब्यवस्थप्न, अतिथी सत्कार लगायत अन्य सवै ब्यवस्थापन सकिएको आयोजकले जनाएको हो । कार्यक्रममा पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ प्रमुख अतिथी रहनुहुनेछ भने आदिवासी किरात महासंघका अध्यक्ष पृथ्वी मुकारुङ, कुलुङ संघका अध्यक्ष चन्द्रसिं कुलुङ, कुलुङ अगुवा भुपध्वज थोमरोस, पुर्व न्यायाधीस तथा अधिवक्ता तेज बहादुर कुलुङ विशिष्ट अतिथी रहनुहुने भएको छ । त्यस्तै, अन्य विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु पनि कार्यक्रममा अतिथिको रुपमा आउने आयोजकले जनाएको छ ।

कार्यक्रममा शुभकामना आदानप्रदान गरिने र साँस्कृतिक कार्यक्रम पनि राखिएको आयोजक संस्थाका सचिव भुपेन्द्र कुलुङले जानकारी दिनुभयो । कार्यक्रममा सत्य कला राई, सुस्मिता राई, रिदिमा कुलुङ, लिला राई, क्षितिज कुलुङ,सुमन कुलुङ, भीम कुलुङ, अर्चना कुलुङ, अजय कुलुङ, सुहाङ लिम्बु, वाल गायक मनिष लिम्बु, विनिता राई, राहुल श्रेष्ठ, अधिश्री कस्पाल, संयोगान्त कुलुङ लगायत २५ भन्दा बढी कलाकारहरुले सांगितिक प्रस्तुति दिने कार्यक्रम तय भएको कुलुङले बताउनुभयो ।

यस बर्ष अघिल्लो कार्यक्रममा जस्तो टिकटको ब्यवस्था नगरि निशुल्क प्रबेशको ब्यवस्था गरिएको उहाँले बताउनुभयो । कार्यक्रम सम्पन्न गर्नको लागि आर्थिक सहयोग भने संकलन गरिएको छ ।

सम्बन्धित समाचार