मनराम एसकाज पत्रकारीता पुरस्कार शाक्यलाई



संखुवासभा, पुष १७ गते । मनराम एसकाज पत्रकारीता पुरस्कार यस बर्ष कान्तिपुरकर्मी दीपेन्द्र शाक्यलाई दिईने भएको छ । संखुवासभा काठमाण्डौ जर्नालिष्ट एसोसियसन एसकाजको बुधबार बसेको बैठकले शाक्यलाई पुरस्कार दिने निर्णय गरेको हो ।

आगामी माघ ८ गते काठमाण्डौमा उनलाई पुरस्कार प्रदान गरिने एस्काजका अध्यक्ष हेमन्त गौतमले बताउनुभयो । पुरस्कार राशी २५ हजारको छ । संखुवासभाको विकास, निर्माण, राजनितिक, सामाजिक, पर्यटन, व्यापार व्यवसाय लगायतका क्षेत्रको प्रचारप्रसार गरे वापत मनराम एसकाज पत्रकारीता पुरस्कार शाक्यलाई दिने निर्णय गरिएको गौगमले बताउनुभयो ।

शाक्य एक दशकदेखि कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् । नेपाल पत्रकार महासंघ संखुवासभाका संस्थापक सदस्य समेत रहेका शाक्य महासंघका प्रदेश प्रचिनिधि समेत हुन् ।

सम्बन्धित समाचार