नेपाल वायु सेवा निगमले अब भोजपुर–काठमाडौं सातै दिन उडान भर्ने



भोजपुर पुस २३ – भोजपुर–काठमाडौं हप्तामा सातै दिन उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले उडान तालिका थप गरेपछि हप्ताको सातै दिन उडान हुने भएको हो ।

डेढ महिनादेखि मौसमका कारण बन्द रहेको भोजपुर–विराटनगर अब हप्तामा दुईदिन उडान हुने नेपाल वायु सेवा निगम भोजपुरका सहायक स्टेशन प्रमुख राजु मिजारले बताउनुभयो । प्रमुख मिझारले भन्नुभयो, ‘अब भोजपुर–काठमाडौं हप्ताको सातैदिन सञ्चालन उडान भर्छौँ भने विराटनगर हप्तामा दुई पटक आइतबार बिहीबार उडान हुने छ ।’

जिल्लाको एक मात्र विमानस्थलमा नियमित उडान नहुँदा हवाई यात्रुले समस्या दैनिक समस्या झेल्दै आएका छन् । उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पा सिलिछो गाँउपालिकाका यात्रुले भने संखुवासभाको तुम्लिङ्गटार विमानस्थललाट यात्रा गर्ने गरेका छन् ।

त्यहाँबाट हप्ताको ६ दिन उडान गर्दै आएको नेपाल वायु सेवा निगमले जनाएको छ ।

सम्बन्धित समाचार