कप्दानेमा गुरु साङ्ग छ्योलीङ गुम्बाको उद्घाटन




संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका ४ कप्दाने स्थित गुरु साङग छ्योलिङ गुम्बाको उद्घाटन गरिएको छ । हिजो धर्म गुरु सेङटाक टुल्कु रिन्पोछेले गुम्बाको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा गुरु रिन्पोछेले आयु अभिषेक (छेवाङ) दिनुभएको थियो । गुम्बा निर्माणका लागि चिचिला गाउँपालिकाबाट २२ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै ७५ लाख रुपैयाँ बराबरको जनश्रमदान तथा सहयोग संकलन गरि करिब एक करोड लगानीमा निर्माण सम्पन्न भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लाक्पा शेर्पाले बताउनुभयो । यस्तै गुम्बा परिसरमा स्थानीय एल्पी शेर्पाले २२ लाख बराबरको नीजी लगानीमा छ्योर्तेन निर्माण गरी गुम्बा व्यवस्थापन समितिलाई जिम्मा लगाएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

गुम्बा निर्माणले चिचिला गाउँपालिकालाई पर्यटन विकास तथा संस्कृति संरक्षणमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष शेर्पाको दावी छ । कार्यक्रममा गुम्बा निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार