मन्त्रीको चड्कन भेटेका सचिवले अश्लिल गाली बोलेपछि…



काठमाडौं । आइतवार दिउँसो ३ बजे । प्रदेश नम्वर २ आर्थिक मामिला तथा योजनामन्त्री बिजय यादवको च्याम्बर युद्धकोठा बन्यो । सन्की स्वभावका सचिव र भ्रष्टाचारी मानसिकता मन्त्रीबीच चर्को आवाजमा भनाभन मात्र भएन, चड्कन नै चल्यो ।

मन्त्रीको चड्कन भेटेका सचिव बिद्यानाथ झा आक्रोसित हुँदै कार्यकक्षबाट निस्किए । मन्त्रीका सुरुक्षा गार्डले झालाई कार्यकक्षबाट त बाहिर निकाले तर मुख थुन्न सकेनन् । आक्रोसित सचिव बिद्यानाथले भने ‘ए साले, मादर…. द ?’ (हिन्दी भाषामा अश्लिल आमा गाली) ।
आँखाभरी आँशु र मनभित्रबाट आक्रोसित भएका सचिव बिद्यानाथले मन्त्री यादवलाई कहिले अश्लिल गाली गर्थे भने कहिले फाइल खोज्थे । ‘अहो त्यो फाइल ल्याइदिनुहोस, त्यसको कोठामा छ, त्यो भएन भने बर्वाद हुन्छ ।’ निधारमा हात राख्दै उनी सहकर्मी कर्मचारीलाई भनिरहेका थिए ।

लगतै सचिव बिद्यानाथले कर्मचारीलाई मन्त्रीको ढोका अगाडी धर्ना बस्न निर्देशन दिए । ‘ए, तँ यता आइज, यहाँ बस्’, भन्दै कर्मचारीलाई फौजी शैलीमा आदेश दिइरहेका थिए । सचिवको आदेशपछि कर्मचारी पनि धर्ना बसे । धर्नामा बसिरहेका कर्मचारीलाई सचिवले विवादको भेद खोले । ‘मन्त्रीले मलाई बोलायो, ‘मैले भनेकोे एनजिओलाई कार्यक्रम किन नदिएको भन्दै गाली गरयो’, सचिव बिद्यानाथले अझै भेद खोले, ‘मन्त्रीले एनजिओबाट पाँच लाख रकम लिइसकेको रहेछ, ‘मैले पाँच लाख रकम लिइसकेको छु, अब त फिर्ता गरिदे भने ।’ तर मैले तपाईले लिएको पैसा तपाई नै फिर्ता दिनुस् म किन दिने रु । यतिमात्र भनेको थिएँ, मलाई झापड हाने । यो मादर…. ले के गरेको छ र रु अव म पत्रकार सम्मेलन गर्छु ।’

सचिवले कर्मचारीहरुलाई घटना बताइरहेका बेला प्रहरी आयो । धर्नामा बसेका सचिवलाई पक्राउ गरी बाहिर निकाल्यो । त्यसपछि लगतै मुख्यमन्त्री लालबाबु राउतले आकस्मिक क्याविनेट बैठक बोलाए । बैठकमा जान हिडेका मन्त्री यादवले सचिवलाई झापट नहानेको बयान दिँदै ‘म स्थानीय हुँ’ भन्दै सचिवले धम्कि दिएको गुनासो सुनाए । तर मन्त्री यादवले झुट बोलेको प्रस्ट नै थियो । किनकी सचिवको गालामा राता डामहरु थिए । उनीमाथी कुटपिट नै भएको थियो ।
मन्त्री र कर्मचारीहरु झडपमै उत्रिन थालेपछि मुख्यमन्त्रीले क्याविनेट बैठक बोलाएका थिए । उनले विवाद साम्य पार्न एउटा छानविन समिति बनाएका छन् । छानविन समितिको प्रतिवेदनका आधारमा कारवाही गर्ने बताए ।

सम्बन्धित समाचार