‘पबजी’ खेल्दाखेल्दै मानसिक सन्तुलन गुमाएपछि …..



एजेन्सी । अनलाइन गेम ‘पबजी’ यानी ‘प्लेयर अननोनस ब्याटल ग्राउन्ड्स’ पछिल्लो समय विश्वमा अत्याधिक चर्चित हुँदै गएको छ। नेपालमा पनि यो गेम खेल्नेहरुको संख्या ठूलै छ। एक तथ्याँकका अनुसार यो गेम अहिले सम्म १०० मिलियन भन्दा धेरै पटक डाउनलोड भैसकेको छ।

यो मिशन गेम प्ले स्टोरमा पनि अत्याधिक डाउनलोड हुने गेमको सूचीमा पर्छ। ‘पबजी’ धेरैलाई मन परेको कारण पनि प्लेयरहरुले यो गेमलाई हाइ रेटिंग दिने गरेका छन्।

‘पबजी’ को लोकप्रियतासँगै यो गेमको लत लागेर बिरामी भएका समाचारहरु पनि यदा कदा सुनिन थालेका छन्। यो गेमको लत लागेकाहरु धेरै जस्तो मानसिक समस्या देखा पर्ने गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुको दाबी छ।

धेरैनै ‘पबजी’ खेल्दै आएका एक पुरुष मानसिक रुपमा बिमारी भएर अस्पतालनै भर्ना हुनुपरेको घटनाले भारतीय संचार माध्यमहरुमा राम्रै ठाउँ पाइरहेको छ।

घटना भारतको जम्मू कश्मीरको हो। केहि महिना देखि लगातार ‘पबजी’ खेल्दै आएका एक फिटनेस ट्रेनरले मानसिक सन्तुलन गुमाए पछि उनलाई मानसिक अस्पतालमा राखिएको हो।

मिडियाहरुका अनुसार ती फिटनेस ट्रेनरले आफैलाई मार्ने कोशिश गरेको कारण अस्पताल भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ‘पबजी’ गेमकै कारण ती ट्रेनरको मानसिक सन्तुलन बिग्रिएको हो। रात दिन नभनी ‘पबजी’ खेल्ने गरेको कारण उनी मानसिक दुर्वलताको शिकार भएको डाक्टरहरुको भनाइ छ।

सम्बन्धित समाचार