६ वर्षयताकै महँगो भयो सुन, मुल्य कति ?



काठमाडौँ । मंगलबार पनि सुनको भाउ बढ्ने क्रम जारी छ । स्थानीय बजारमा १ तोला सुनको ६१ हजारमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

सोमबार प्रति तोला ६० हजार ६ सयमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ४ सयले बढेर ६१ हजार पुगको छ । तेजावी सुन सोमबार ६० हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार ६० हजार ७ सयमा करोबार भइरहेको छ ।

महासंघका अनुसार यो मूल्य ६ वर्षयताकै उच्च हो । यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइहरेको छ ।

सम्बन्धित समाचार