खोरण्डे स्थीत महादेवथान र कोकले बजारका केही दृश्यहरु (फोटो फिचर)



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका १ खोरण्डेमा अवस्थित महादेव थान (गुफा) मा प्रत्येक मकर सक्रान्तीको दिन पर्यटकहरुको घुईचो लाग्ने गर्दछ । यस बर्ष पनि धार्मिक पर्यटकहरुको संख्या उल्लेख्य थियो । यहाँको धर्मद्वार, गुफा, गुफा भित्रको पानी (सानो झरना) यस महादेवथानको आकर्षण हो ।

खाँदबारी बजारदेखि ३० मिनेटको पैदल दुरीमा रहेको यस महादेव थानमा दर्शन गरे मनोकाक्षा पुरा हुने जनविश्वास रहि आएको छ । योसँगै महादेवथान नजिकै लाग्ने बजार (कोकले बजार) पनि यहाँको मुख्य आकर्षण हो । जहाँ देवस्थलको दर्शन गरिसकेपछि मेला भर्ने गरिन्छ । बजारमा स्थानीय खाद्य पदार्थहरु पाईन्छ । स्थानीय सरुवा यहाँको प्रख्यात पेय पदार्थ हो । यो मादक पदार्थ भएकोले स्थानीय प्रसासनले केही कडाई गरेको पाईन्छ ।

हेरौँ महादेवथान र कोकले बजारको केही दृश्यहरु

 

सम्बन्धित समाचार