ट्रिपर र बस ठोकिदा १७ घाईते



खाँदबारी । सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा टिपरले र बसलाई ठक्कर दिँदा १७ जना घाइते भएका छन् । बिहीबार दिउँसो धर्मदेवी–५ नर्सरी चोकमा चैनपुरबाट धरान जाँदै गरेको को १ ख २१६१ नम्बरको बसलाई बा २ क ८५१५ टिपरले ठक्कर दिएको हो ।

घाईते १७ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको थप उपचारको लागि धरान स्थीत विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिनुभयो । सख्त घाईते हुनेहरुमा झापा बुद्ध शान्ति गाउँपालिका–४ का ५६ वर्षीय खड्ग लिम्बू, चैनपुर नगरपालिका–५ की ५० वर्षीय मेनुका थापा, चैनपुर–२ का १८ वर्षीय सन्तोष गौतम र चैनपुर–२ की १० वर्षीय सविना खाती रहेका छन् ।

अन्य घाइतेहरुको धर्मदेवि नगरपालिका स्थीत मुडेमा उपचार भइरहेको प्रहरीको भनाई छ । टिपर चालक धर्मदेवि–५ का धनबहादुर दमाई र बस चालक मोरङका मानबहादुर आले मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार