खाँदबारी मेयर कपको फाइनलमा सभापोखरी र षडानन्द नगरपालिका



खाँदबारी । खाँदबारीमा जारी खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको फाइनलमा सभापोखरी गाउँपालिका र षडानन्द नगरपालिका भिड्ने भएका छन् । आज भएको सेमिफाइनल खेलमा सभापोखरीले पाँचखपन लाई ३–२ को सेटमा हराउदै फाइनल पुगेको हो भने षडानन्द नगरपालिकाले मकालु गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउदै फाइनलको यात्रा तय गरेको हो ।

आजै भएको क्वाटर फाइनल खेलमा पाँचखपन नगरपालिकाले साल्पा सिलिछो गाउँपालिकालाई २–० को सोझो सेटमा हराउदै सेमिफाइनल पुगको हो भने सभापोखरी गाउँपालिकाले खाँदबारी नगरपालिकालाई २–० को सेटमा हराउदै सेमिफाइनल पुगेको थियो । त्यस्तै चैनपुर नगरपालिकालाई २–० को सेटमा पराजित गर्दै मकालु गाउँपालिका सेमिफाइनल पुग्दा षडानन्द नगरपालिकाले भोटखोला गाउँपालिकालाई २–० को सेटमा हराउर्दै सेमिफाइनल पुगेको थियो । भोलिको फाइनल खेल विहान ११ बजेबाट हुने आयोजकले जनाएको छ ।

खाँदबारी नगरपालिकाका प्रथम मेयर स्वर्गिय किरण शाक्यको सम्झना तथा खाँदबारी नगरपालिकाको स्थापना दिवशको अवसरमा जारी खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा संखुवासभाका १० र भोजपुरका दुई स्थानिय तहको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले तीन वर्षे रनिङ शिल्ड, पदक र प्रमाणपत्र सहित नगद एक लाख ३४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेताले ट्रफी, पदक र प्रमाण पत्र सहित ६७ हजार नगद प्राप्त गर्नेछ । सेमिफाईनल प्रवेश गर्ने दुवै टिमले जनही ३३ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै, पाँच विधाका उत्कृष्ठ खेलाडीहरुले पनि ट्रफी, पदक र प्रमाणपत्र सहित जनही पाँच हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार