कुलुङ समुदायको एक मात्र साझा संस्थाः किरात कुलु गुस्खम



काठ्माण्डौ । पछिल्लो समय ‘कुलुङ राई संघ’ नामको संस्थाको चर्चा सामाजिक सञ्जालमा आएपछि आदिवासी कुलुङ समुदायको साझा संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले प्रेस विज्ञप्ती जारी गरेको छ । कुलुङ समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै आएको एक मात्र संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ (किरात कुलु गुस्खम) रहेकोले उल्लेख गर्दै भ्रममा नपर्न अनुरोध गरेको छ ।

कुलुङ समुदायको हितको लागि अरु कुनै संस्था नभएको समेत विज्ञप्तीमा दावी गरिएको छ । वि.सं. २०६१ सालमा काठ्माण्डौमा तत्कालिन कुलुङ राई भाषा संस्कृति उत्थान संघ, माकुरी रिदुम्छा र नेपाल किरात कुलुङ राई भाषा संस्कृति उत्थान संघ एकिकरण भई संयुक्त राष्ट्रिय अधिवेशनबाट यस संस्था कायम भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस संस्थाले कुलुङ समुदायलाई कुलुङ जाती छुट्टै आदिवासी जाती रहेकोले सुचिकृत गराउने जनादेश प्राप्त गरेर विभिन्न चरणका कार्यक्रमहरु गर्दै आएको समेत बताईएको छ ।

यस संस्थाको केन्द्रीय कार्यालय धरानको देवीगाउँमा रहेको नेपालको १४ जिल्लामा जिल्ला कार्य समिती रहेको समेत उल्लेख गरिएको छ । त्यस्तै, १४ जिल्लाका स्थानीय तहहरुमा समेत ईकाई कार्यसमिति रहेको जानकारी गराईएको छ । विज्ञप्ती मार्फत २०७३ सालको पौष १५ र १६ गते सम्पन्न भएको चौथो एकिकृत महाधिवेशनबाट चन्द्रसिं लोवात्ती कुलुङको अध्यक्षतामा २३ सदसिय केन्द्रीय कार्य समिति चयन भएको समेत जानकारी दिईएको छ ।

सामाजिक सञ्जालमा कुलुङ राई नामको संस्थाको चर्चा देखिएपछि कुलुङ समुदायबाट तिब्र विरोध सुरु भएको छ । उक्त कुलुङ राई संघ कुलुङ समुदायको ‘भाईरस’ को संज्ञा दिएका छन् । कुलुङ समुदाय र किरात कुलु गुस्खम किरात राई यायोक्खासँग रुष्ट भएको कारण कुलुङ समुदायलाई चिढाउन खेल खेलिएको कुलुङ समुदायको आरोप छ । कुलुङ राई संघका पदाधीकारीहरु कसैको लगानीमा परिचालित भएको समेत धेरैले सामाजिक सञ्जालमा लेखेका छन् । यस्तो परिचालित पक्षबाट सचेत रहन समेत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आव्हान गर्दै आएका छन् ।

सम्बन्धित समाचार