चिचिलामा पनि ल्याब सेवा सुरु



चिचिला । चिचिला गाउँपालिका ४ मा रहेको पांठा पाख्रीबास स्वास्थ्य चौकीमा ल्याब प्रयोगशालाको उद्घाटन भएको छ । आज गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले उद्घाटन गर्नुभएको हो ।

आज उद्घाटनको पहिलो दिन १५ जना सोवाग्राहीहरुले सेवा लिएका छन् । ल्याव सञ्चालन गर्ननको लागि गाउँपालिकाले करारमा ल्याव टेक्नीसियन भर्ना गरेर सेवा सञ्चालन गरेको हो । ल्याबका सम्पुर्ण औजारहरु पनि गाउँपालिकाले नै खरिद गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

ल्याब सञ्चालनको लागि चालु आर्थिक बर्षमा गाउँपालिकाले ४ लाख पचास हजार रुपैयाँ विनियोजन गरेको थियो । त्यस मध्ये २ लाख ५९ हजार ९ सय ९३ रुपैयाँको लागतमा ल्यावका सामग्रीहरु खरिद गरिएको स्वास्थ्य संयोजक रामकृष्ण घिमिरेले बताउनुभयो । ल्याबमा दिसा पिसावदेखि एचआईभी एड्स सम्मको परिक्षण गरिने उहाँले बताउनुभयो ।

यस अघि ल्याबको सेवा लिन खाँदबारी अस्पताल धाउनु पथ्र्यो । अव आफ्नै गाउँमा ल्याव सेवा पाएपछि हर्षित भएका छन्  ।

सम्बन्धित समाचार