अरुण तेस्रोको पावर हाउस निर्माण क्षेत्रमा बम विष्फोट



अरुण तेश्रोको पावर हाउस निर्माण क्षेत्र पुखुवा ।

संखुवासभा । संखुवासभामा निर्माधिन अरुण तेस्रो जलविद्युत आयोजनाको विधुत् उत्पाद्न गृह स्थलमा बम बिष्फोट भएको छ । विहिबार राती ८ बजेर १५ मिनेटको समयमा अज्ञात समुहले बम विस्फोटन गराएको हो ।

चिचिला गाउँपालिका–३, पुखुवामा रहेको विधुत् उत्पादन गृह स्थलमा ३ बटा बम विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरीनिरिक्षक रामेश्वर पण्डितले जानकारी दिए । घटनापछि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी श्याम सारुमगर लगायतको टोली घटनास्थलमा पुगेका छन् ।

बम विस्फोटनबाट सुरुग खन्ने मेसीन र एक थान जेनेरेरमा क्षति पुगेको प्रहरीले जनाएको छ । विधुत् उत्पादन गृहमा रहेको कार्यालयको करिब १ सय ५० मिटर टाढा तीन वटा बम विस्फोटन भएको हो । बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरीनिरिक्षक पण्डितले बताए ।

सो क्षेत्रमा नेपाल प्रहरीले सुरक्षा दिइरहेको थियो । यस अगाडी गत माघमा आयोजनाको सोही स्थल पुखुवामा रहेको भवनमा बम बिष्फोट गराएको थियो । आयोजनाको पाँच कोठे उक्त भवनमा बमले दुई कोठा पूर्ण रुपमा क्षति पु¥याएको थियो । सोही स्थानमा तीन बर्ष अघि पनि नेत्रबिक्रम चन्द विप्लपको पार्टीले भवनमा आगजनी गरेका थिए । यस अघि अरुण तेश्रोको कार्यालय तुम्लिङटारमा पनि बम विष्फोट गरिएको थियो ।

सम्बन्धित समाचार