नेपालको आदिवासी कुलुङ समुदायले आफ्नो शुभ कार्यमा चुला पुज्ने गर्दछन् । विशेषतः यो समुदायले निखर कोदोको जाँडले चुला खनाएर पुज्ने गर्दछन् । विबाह, घरपैचो, मुख्य कुल नागी र देदाममा चुला पुज्ने गर्दछन् । चुला खनाउने विधि प्रत्येक शुभ कार्यमा एउटै भएपनि फलाक्ने विधि भने छुट्टै हुन्छ । हालै बेहुलीपटिको घरमा कुलुङ घरमा चुला खनाईएको दृश्य यहाँ प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया