स्वास्थ्य चौकी निःशुल्कलाई ४ रोपनी जग्गा सहयोग




संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्ला र मकालु गाउपालिका–३ सिम्मामा रहेको स्वास्थ्य चौकीलाई एकब्यक्तिले निःशुल्क ४ रोपनी जग्गा उपलब्ध गराएका छन ।

स्थानीय नन्दबहादुर गुरुङले आङ्लामा रहेको स्वास्थ्य चौकीलाई एक रोपनी चार आना र सिम्मामा साढे दुई रोपनी जग्गा उपलब्ध गराएको हो । सिम्मा केही समयअगाडी नै जग्गा पास दिएको थियो भने आङ्लामा करिब ६ लाख ६६ हजार बराबरको जग्गा निःशुल्क पास गरिदिएको नन्दबहादुरको छोरा प्रभुराम गुरुङले बताए ।

बुधबार जिल्ला मालपोत कार्यालयमा उक्त जग्गाको रजिष्ट्रेसन पास गरि स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो । दाता नन्दबहादुर गुरुङले खाँदबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर अमूल्य दाहाल, मालपोत प्रमुख बिष्णुप्रसाद सिटौला, ११ नम्बरका वडाअध्यक्ष नरेन्द्र गुरुङ र स्थानीय बुद्धिजिवीहरु बिच हस्तान्तरण गरेका हुन ।

मानिसको स्वास्थ्य सबैभन्दा संवेदनशील र महत्वपूर्ण चीज भएकाले आफ्नो पुख्यौलीथलो सिम्मामा साढे दुई रोपनी र आंलामा सवारोपनी जग्गा निःशुल्क रुपमा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको दाता नन्दबहादुरले बताए । उनी लामो समयदेखी सदरमुकाम खाँदबारीमा बसोबास गर्दैआइरहेका छन । गाउघरका मानिसहरु स्वास्थ्य सेवाबाट कोहीपनि बञ्चित नहोस भन्ने उद्धेश्यले स्वास्थ्य चौकीलाई जग्गा उपलब्ध गराएको उनको भनाइ छ ।

सम्बन्धित समाचार