सुर्य जुनियर कपको उपाधी कुनिनालाई




खाँदबारी । खाँदबारी स्थीत सुर्य आवासिय अंग्रेजी माध्यमिक विद्यालयको ३० औँ बार्षिक उत्सवको अवसरमा आयोजित चौधौ सुर्य जुनियर कप अन्डर १२ फुटबल प्रतियोगिताको उपाधी कुनीना बोर्डिङ स्कुल सेकाहाले जितेको छ । हिमालय माध्यमिक विद्यालय खाँदबारीलाई ३–१ गोल अन्तरले हराउँदै कुनिनाले उपाधि जितेको हो ।

त्यस्तै, जालपा मावि चेवाले मंगलादेवी मावि तीनपोखरीलाई २–१ गोल अन्तरले हराउदै तेश्रो भएको छ । जालपासँग पराजित भएसँगै मंगलादेवि मावि चौथो स्थानमा सिमित भएका छन् ।

प्रतियोगिताको उपाधी विजेतले रनिङ शिल्ड, मेडल, प्रमाण पत्र र नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उपविजेताले टफी, मेडल, प्रमाण पत्र र नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, तेश्रो हुने टिमले टफी, मेडल, प्रमाण पत्र र नगद ६ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्स, हाई स्कोरर र बेष्ट प्लेयरले जनही टफी, मेडल, प्रमाणपत्र र एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।

फागुन ५ गतेबाट सुरु भएको प्रतियोगितामा खाँदबारी नगरपालिका १६ निजी तथा सामुदायिक विद्यालयका टिमहरु सहभागि भएका थिए ।

सम्बन्धित समाचार