प्रदेश स्तरिय महिला भलिबल प्रतियोगिताको फाईनलमा सङ्खुवासभा




सोलुखुम्बु । सोलुखुम्बुमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश १ स्तरिय महिला भलिबल प्रतियोगिताको फाईनलमा संखुवासभाले प्रतिष्पर्धा गर्ने भएको छ । आज भएको सेमिफाईनलमा सोलुखुम्बुलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो सेटमा २५–२१, दोश्रो सेटमा २५–१९ र तेश्रो सेटमा २५–११ अंकले पराजीत गरेको हो । उद्घाटन खेलमा ताप्लेजुङलाई २–० को सोझो सेटमा पराजीत गरेको थियो । दोश्रो खेलमा भोजपुरलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै तेश्रो खेलमा उदयपुरलाई २–० को सोझो सेटमा पराजीत गरेको थियो । क्वाटर फाईनलको खेलमा खोटाङलाई ३–० को सोझो सेटमा पराजित गरेर सेमि फाईनलमा प्रवेश गरेको संखुवासभाली टिमले सेमी फाईनलमा आयोजक सोलुखुम्बुलाई आफ्नै घरेलु मैदानमा ३–० को सोझो सेटमा पराजित गरेको ।

भोली फाईनल खेल ओखलढुंगासँग हुने भएको छ । हालसम्म सवै टिमलाई सोझो सेटमा हराउदै आएको खेलाडीहरुले फाईनल खेल पनि सोझो सेटमा जित्ने लक्ष्यका साथ रणनीति बनाएको भलिवल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिनुभयो ।

यसै विच पुरुष भलिबल टिमलाई पनि आखलढुंगामा हुने प्रदेश स्तरिय प्रतियोगिताका लागि आजै विदाई गरिएको छ । ओखलढुङ्गामा आगामी १३ गते देखि प्रतियोगिता हुँदै छ ।

सम्बन्धित समाचार