महिला भलिबलको उपाधी सङ्खुवासभालाई, सारदा गजमेर उत्कृष्ठ खेलाडी घोषित




सोलुखुम्बु । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश १ को महिला भलिबल प्रतियोगिताको उपाधी संखुवासभाले जितेको छ । सालुखुम्बुमा आज सम्पन्न भएको फाईनल खेलमा ओखलढुङ्गालाई सोझो सेटमा हराउदै संखुवासभा विजेता बनेको हो ।

खेलको पहिलो सेटमा २५–५, दोश्रो सेटमा २५–१७ र तेश्रो सेटमा २५–१९ नम्बरको अन्तरले ओखलढुङ्गालाई पराजित गरेको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा सङ्खुवासभाको सारदा जगमेर घोषित भएका छन् । प्रतियोगिताको अघिल्लो सवै खेलमा सङ्खुवासभाले सोझो सेटमा नै जित्दै आएका थिए । उद्घाटन खेलमा ताप्लेजुङलाई २–० को सोझो सेटमा पराजीत गरेको थियो । दोश्रो खेलमा भोजपुरलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै, तेश्रो खेलमा उदयपुरलाई २–० को सोझो सेटमा पराजीत गरेको थियो ।

क्वाटर फाईनलको खेलमा खोटाङलाई ३–० को सोझो सेटमा पराजित गरेर सेमि फाईनलमा प्रवेश गरेको संखुवासभाली टिमले सेमी फाईनलमा आयोजक सोलुखुम्बुलाई आफ्नै घरेलु मैदानमा ३–० को सोझो सेटमा पराजित गरेको थियो । यसरी सवै खेलमा सोझो सेटमा जितेर यस बर्ष संखुवासभाली टिमले एक ईतिहास रचेको टिमका ब्यवस्थापक विष्णु श्रेष्ठले दावी गर्नुभयो ।

प्रतियोगिताबाट राष्ट्रिय खेलको लागि सङ्खुवासभाबाट दुई खेलाडी छनौट भएको छ । काठ्माण्डौमा सम्पन्न हुने राष्ट्रिय प्रतियोगिताको लागि सारदा गजमेर र सविता गजमेर छनौट भएका हुन् ।

यसै विच प्रदेश स्तरिय महिला भलिवल टोलीले एक ईतिहास रच्दै विजेता बनेका खेलाडीहरुलाई जिल्लामा सम्मान गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरत घिमिरेले जानकारी दिनुभयो ।

सविता गजमेर हुनु पर्नेमा अन्यथा भएकोमा सच्याईएको छ ।

सम्बन्धित समाचार