कुटपिटबाट मृत्यु



संखुवासभा । मकालु गाउँपालिका–४ का ५० वर्षिया लेले भोटेको स्थानियको कुटपिबाट मृत्यु भएको छ । स्थानीय धनबिर राई, जयकुमार राई, जसबहादुर राईको कुटपिटबाट सक्तघाईते भएका भोटेको विहिबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

भोटेले सोही गाउँकी ४९ बर्षिय हेममाया राईलाई हातपात गर्न खोजेको विषलाई लिएर राईका आफन्तहरुले गत फागुन १७ कुटपिट गरेका थिए । फागुन १६ गते महिलालाई हातपात गरेको भन्दै आफन्तले भोलिपल्ट भोटेलाई कुटपिट गरेको प्रहरी निरिक्षक सन्तोषकुमार राईले जानकारी दिए । घाईते भोटेको काठमाण्डौमा पनि उपचार हुन नक्ने बताएपछि चिकित्सकको सल्लाह अनुसार घर ल्याउने क्रममा तुम्लिङटारमा निधन भएको हो ।

कुटपिटमा संलग्नलाई नियन्त्रण्मा लिई ज्यान मार्ने उद्योगमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटनामा संंलग्नलाई कतव्य ज्यान मुद्धा दर्ता गराउने प्रहरी निरिक्षक राईले जानकारी दिए ।

सम्बन्धित समाचार