सिद्धकाली मन्दिरमा रातभर जागराम



चैनपुर । संखुवासभाको चैनपुर नगरपालिकामा पर्ने सिद्धकाली मन्दिरमा पछिल्लो समय दैनिक सयौं धार्मिक पर्यटकहरु पुग्ने गरेका छन् । सिद्धकाली देवीको दर्शन गरे मनोकांक्ष पुरा हुने विश्वासका साथ भक्तजनहरुले दर्शन गर्दै आएका छन् ।

बाला चर्तुदशीको साँझ यहाँ हज्जारौ भक्तजनहरुले भजन किर्तन गाउँदै जागराम बस्ने गर्दछन् । कलसमा दियो बालेर सातभर बसेका भक्तजनहरुले विहानै पितृउद्धारको लागि सतविज छर्ने गर्दन् ।

मन्दिरको समग्र विकास र सम्बद्र्धनको लागि चैनपुर नगरपालिकाले पनि विशेष चासोका साथ हेरेको छ । चैनपुर र संखुवासभाको मात्र नभएर यो नेपालकै एक महत्वपुर्ण धार्मिक गन्तब्य भएकोले यसको विकासमा आफुहरु केन्द्रीत भएको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीको दावी छ । पर्यटकहरुको सुरक्षित आवास, मन्दिर क्षेत्रसम्म आईपुग्ने सडकलाई हाल प्राथमिकतामा राखेको उहाँको भनाई छ । चैनपुर नगरपालिकामा अन्य धार्मिक क्षेत्रहरु पनि पर्याप्त मात्रामा रहेको मेयर खत्रीले जानकारी दिनुभयो ।

यहाँ गत बाला चर्तुदशीको साँझ भक्तजनहरु जागराम बसेको भिडियो प्रस्तुत गरेका छौं ।

 

सम्बन्धित समाचार