संखुवासभामा पनि स्वास्थ्य बीमा सुरु



जेष्ठ नागरिक काजीलाल श्रेष्ठलाई बीमा कार्ड वितरण गदै जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य ।

खाँदबारी । संखुवासभामा जिल्लामा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरुभएको छ । खाँदबारी नगरपालिका, १ का ९१ वर्षिय काजीलाल श्रेष्ठलाई बीमा गराएर विहिबारबाट बीमा सुरु गरिएको छ । जिल्ला समन्वय प्रमुख सुमन शाक्यले श्रेष्ठलाई बीमा कार्ड वितरण गदै जिल्लामा विमा कार्यक्रम सुरुगरेका हुन् ।

विमा सुरु गर्नेमा संखुवासभा ४४ औं जिल्ला रहेको छ । १० स्थानिय तहका ७६ वडा मध्ये ७४ वडाका दर्ता सहयोगीले तालिम लिएर बीमा गर्न सुरु गरेका हुन् । बीमा स्वास्थ्य बोर्डले मंलबारबाट दर्ता सहयोगीलाई तालिम दिएर विहिबारबाट औपचारीक रुपमा बीमा गर्न सुरु गरेको छ । ५ जनासम्म सदस्य रहेको परिवारले वर्षको ३ हजार ५ सय रुपैँया प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ भने यस बापत वर्ष भरिमा एक लाख वरावरको स्वास्थ्य सेवा लिन पाउने छन् । ५ जना भन्दा बढि सदस्य भएको परिवारले प्रति व्यक्ति थप सात सय तिरेर बीमा सदस्य बन्न सक्ने छन् । सदस्यहरुले एक लाख बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था छ । दर्ता सहयोगीले घरघरमा गएर बीमा गराउने छन् ।

जिल्लामा जिल्ला अस्पताल खाँदबारी, ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केद्रले निशुल्क स्वास्थय सेवा दिने छन् ।

सम्बन्धित समाचार