यस्तो छ तुम्लिङटार विमान स्थल (भिडियो)




खाँदबारी । विश्वको सवैभन्दा होचो उपत्यका हो अरुण उपत्यका । अरुण उपत्यका भित्र पर्ने तुम्लिङटार विमान स्थल अरुण नदिको किनार संखुवासभामा छ । यहाँबाट बुद्ध एयर र यति एयरले काठ्माण्डौ तुम्लिङटार, तुम्लिङटार काठ्माण्डौ उडान भर्दै आएको छ । त्यस्तै, बुद्ध एयरले साताको दुई दिन तुम्लिङटार विराटनगर, बिराटनर तुम्लिङटार उडान भर्दै आएको छ ।

यहाँबाट भोजपुर, संखुवासभा र धनकुटाका माथिल्लो भेगका नागरिकहरु हवाई मार्गबाट यात्रा गर्ने गर्छन् । मकालु हिमाल आरोहण गर्नका लागि पनि पर्यटकहरु उल्लेख्य संख्यामा यहि विमान स्थल मार्फत आउने गर्छन । तुम्लिङटारबाट हवाई यात्रा गर्न करिब एक हप्ता अघि नै टिकट बुकिङ भईसकेको हुन्छ । तत्काल आपतकालिन अवस्थामा जानु परे टिकट पाउनै मुस्किल पर्छ । विशेषत आपतकालिन अवस्थाका विरामीहरुको लागि सिट पाउन नसक्दा विभिन्न समस्याहरु झेल्नु परेको छ ।

यहाँ अवतरणपछि उडान गरिएको यति एयरलायन्सको जहाजको दृश्य प्रस्तुत गरेका छौं । जसले गर्दा तुम्लिङटार आई नपुगेका हाम्रा पाठकहरु यहाँको अवस्थाको बारेमा जानकार हुने अपेक्षा राखेका छौं ।

https://youtu.be/g58wHE59VLE

 

सम्बन्धित समाचार